तेस्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप सुरु



काठमाडौं । नेपाल ईस्पोर्टस् संघको आयोजनमा तेस्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप आज २०२२ आषाढ २३ देखि सुरु भएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेस्रो संस्करणको फाइनल खेल आजबाट सुरु गरेको हो ।

च्याम्पियनसिपको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठले एक कार्यक्रमबीच पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे । छोटो समयमा नै विश्वका युवाहरू माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरू माझ निकैनै रुचाइएको खेल पर्दछ ।

थापाथलीस्थित एपी १ को स्टुडियोमा सुरु भएको च्याम्पियनसिपमा ५ विधामा प्रतिस्पर्धा हुनेछ । जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरूले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरू, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरूले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरू रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।

च्याम्पियनसिप इन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ । च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमले दक्षिण एसियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात् विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।

च्याम्पियनसिपलाई विभिन्न संघ संस्थाले साथ दिएका छन् । जसमध्ये ईभेन्ट्स म्यानेजमेन्टको जिम्मेवारी माइस प्रालिले लिएको छ । यस्तै एपी १ ले स्थान उपलब्ध गराएको छ भने प्राइम कलेजले पनि च्यामिपयनसिपलाई साथ दिएको छ । प्राइमले विजयी ५ खेलाडीहरूलाई स्नातक तहको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्