ऋत प्रि–क्वार्टरफाइनलमा



काठमाडौं ।

आयोजक ऋत एकेडेमी ऋत एसईई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रिकवाटरफाइनलमा प्रवेश गरेको छ । वसुन्धारास्थित घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई ८–५ ले पराजित ग-यो । ब्वाइजमै एन्जल्स हार्ट ‘ए’ ले सिनर्जीलाई ७–२, इन्साइट भिजन ‘ए’ ले बलर्स एकेडेमीलाई ७–५ र बुद्ध नेसनल एकेडेमीले विद्या व्यायामलाई ७–३ ले हराउदै प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइजकै अन्य खेलमा सफलता हात पार्दै एनसीसीएस, नखिपोट, स्किब्स, एन्जल्स हार्ट ‘बी’, न्यु मिलिनियम, त्रिकोण, हिमरश्मी, न्यु जेनिथ ‘ए’ र ‘बी’, विस्ट, ग्रिओन टिम र इन्साइट भिजन ‘बी’ ले पनि प्रि–क्वार्टरफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादवले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहेको ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन् । गल्र्सको प्रतिस्पर्धा बुधबारदेखि हुनेछ ।
ब्वाइज-गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाउनेछन् ।

ब्वाइज-गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिनेछ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाईसमेत सोही अनुसारको छात्रवृत्ति उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्