अफ्रिका कप अफ नेसन्स स-यो



लन्डन, (एजेन्सी) ।  

आइभोरी कोस्टमा सन २०२३ मा आयोजनाको मिति तोकिएको अफ्रिकी महादेशकै प्रतिष्ठित फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको मिति सारिएको छ ।

आगामी वर्ष हुने भनिएको अफ्रिका कप अफ नेसन्स आयोजना एक वर्ष ढिला हुने भएको छ । मौसमलाई मध्यनजर गर्दै अफ्रिका कप अफ नेसन्स एक वर्षपछि सारिएको अफ्रिकन फुटबल कन्फेडेरेसन (काफ) ले जनाएको हो । जसअनुसार अब अफ्रिका कप अफ नेसन्स सन् २०२४ मा आइभोरी कोस्टमा नै हुनेछ । यसअघि, अफ्रिका कप अफ नेसन्स सन् २०२३ को जुन–जुलाईमा आयोजना हुने तय भएको थियो ।

कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (सीएफ) का अध्यक्ष प्याट्रिस मोत्सेपेले जुन–जुलाईमा आइभोरी कोस्टमा अत्यधिक वर्षा हुने भएका कारण जोखिम नमिल्ने बताएका छन् ।

अब अफ्रिका कप अफ नेसन्स २०२४ को जनवरी–फेब्रुअरीमा हुनेछ । यसै वर्ष क्यामरुनमा भएको यो प्रतियोगिता पनि जनवरी–फेब्रुरुअरीमा नै भएको थियो । यस वर्ष विश्वकप फुटबल पनि नोभेम्बर डिसेम्बरमा हुँदै छ । सीएफले २०१७ मा युरोपियन क्लबहरू र खेलाडीका कारण जनवरी–फब्रुअरीमा हुँदै आएको अफ्रिका कप अफ नेसन्स जुन जुलाईमा सार्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्