खेल क्षेत्रलाई तीन करोड ७३ लाख



हेटौंडा, (नेस)

हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले चुनावी घोषणापत्रमा उल्लेख भएका र विभिन्न स्थानमा गरेका खेल प्रतिबद्धता पूरा गर्नेतर्फ अग्रसरता देखाएकी छन् ।

उपमहानगरपालिकाले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा लामाले घोषणा गरेको प्रतिबद्धतासहित बजेट विनियोजन गरिएको हो । लामाले फुटबल विकासका लागि वार्षिक १ करोड विनियोजन गर्ने घोषणा गरेकी थिइन् । सोहीअनुरूप उपमहानगरले खेलक्षेत्रका लागि ३ करोड ७३ लाख विनियोजन गरेको छ ।

उपमेयर राजेश बानियाँका अनुसार हेटौंडा–५ स्थित क्याम्पा रंगशाला निर्माणका लागि २५ लाख, नगरमा थप एक मिनी रंगशाला तथा फुटसल निर्माणका लागि ८० लाख, स्थानीय तह गोल्डकपका लागि २५ लाख र फुटबलको नियमित प्रशिक्षण र एकेडेमीका लागि ७५ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्