ऋत बास्केटबलमा ९६ टिम



काठमाडौं, (नेस) ।

ऋत एकेडेमीको आयोजनामा ऋत एसईई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन् ।

ब्वाइज-गल्र्समा समान नगद पुरस्कार राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाउनेछन् । त्यसबाहेक ब्वाइज-गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी दिए ।

ऋतमा प्लस २ अध्ययन गर्न इच्छुकलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि सो बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेलहरू व्सुन्धारास्थित आयोजक ऋतको आफ्नै बास्केटबल कोर्टमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्