राष्ट्रपति रनिङ शिल्ड बेसीसहरलाई



लमजुङ ।

बेसीसहर नगरपालिकाले १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात पारेको छ । असार १६ देखि १७ गतेसम्म सुन्दरबजार नगरपालिकाको कषि क्याम्पसमा भएको प्रतियोगितामा २९ पदक हात पार्दै बेसीसहर नगरपालिका उपाधि जित्न सफल भएको हो ।

बेसीसहर नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको छ । यस्तै, ११ स्वर्ण, ६ रजत र १० कांस्यसहित राइनस नगरपालिका दोस्रो भएको छ भने ८ स्वर्ण, १० रजत र १३ कांस्यसहित सुन्दरबजार नगरपालका तेस्रो भएको छ ।

१६ गते बाट शुरु भएको प्रतियोगितामा एथलेटिक्सअन्तर्गत १ सय, २ सय, ३ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड, भलिबल, कराते, हाईजम्प, लङजम्प त्रिपलजम्प, सटपुट लगायतका विभिन्न विधिका खेल छात्रछात्रा दुर्वतर्फ खेलाइएको जिल्ला खेलकुद लमजुङका अध्यक्ष योगबहादुर गुरुङ (कालु) ले बताउनुभयो । प्रतियोगितामा पाँचै पालिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्