आर्सनलको सानदार जित



लन्डन, (एजेन्सी) ।

एडी एनकेटियाको ह्याट्रिक मद्दतमा लन्डन क्लब आर्सेनलले प्रि–सिजनको अभ्यास खेलमा सानदार जित निकालेको छ ।
आर्सेनलले इंग्ल्यान्डको तेस्रो डिभिजनको लिग वान क्लब इप्सबीच टाउनमाथि ५–१ गोलअन्तरको सानदार जित निकालेको हो । आर्सेनलको जितमा एडीले ह्याट्रिक पूरा गर्दा साम्वी लोकांगा र फोलारिन बालोगुनले एक–एक गोल गरे ।

इप्सविच टाउनका सोन अलुकोले एक गोल फर्काएका थिए । आर्सेनलका लागि एनकेटियाले खेलको ३५ मिनेटभित्र नै ह्याट्रिक पूरा गर्न सफल भए । दुई साताअघि मात्रै क्लबमा लामो सम्झौता गरेका एडी एनकेटियाले खेलको ३० सेकेन्डमै गोल गरेपछि आर्सेनलले सुरुवाती अग्रता लिएको थियो ।

प्रशिक्षक मिकेल अर्टेटाले बन्र्ड लेनो, हेक्टर बलिएन, बेन ह्वाइट, थोमस पार्टी र निकोलस पेपेले पहिलो रोजाइमै खेलाएका थिए । दोस्रो हाफमा पूरै युवा टोलीलाई मैदानमा उतारेको थियो । युवा प्रतिभा फोलारिन बालोगुनले पनि दोस्रो हाफमा मौका पाएको थियो । २० वर्षीय इंग्लिस युवा स्टारले आर्सेनलका लागि पाँचौ गोल गरे । इप्सविच टाउनका सोन अलुकोले एक गोल फर्काए । अब आर्सेनल प्रि–सिजन खेल्नका लागि सोमबार जर्मनी प्रस्थान गर्दै छ । आर्सेनलले जुलाई ८ मा नर्नवर्गसँग खेल्नेछ । त्यसपछि, आर्सेनल अमेरिका भ्रमणमा निस्कनेछ । आर्सेनलले अमेरिकामा तीन म्याच खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्