पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्वपूर्ण भूमिका



काठमाडौं  ।

पर्यटन, संस्कृति नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि खेलकुद क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन् ।मन्त्री श्रेष्ठले हिउख्मा खेलिने साहसिक खेलहरूको प्रवद्र्धनले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने बताउख्दै त्यस्तो खेलको विकास र विस्तारमा समेत कार्य गर्ने बताए । मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको एउटा खम्बाका रूपमा रहेको पर्यटन क्षेत्र कोभिड १९ को महामारीका कारण खस्केकाले यसको उत्थानका लागि प्राथमिकतामा राखेर कार्य गर्ने बताएका छन् ।

नेपाल स्की संघले बुधबार मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनी नेपाल स्की संघका अध्यक्ष समेत हुन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले खेलकुदलाई पर्यटनसख्ग जोडेर अगाडि बढ्न सकेको खण्डमा कोभिड १९ को कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थान गर्न मद्दत पुग्ने बताएका छन् ।

२०५६ सालदेखि नेपालमा स्की खेलको शुरुआत भएको हो । हिउमा खेलिने भएकाले यस खेलको विकास र विस्तारका लागि मन्त्री श्रेष्ठको योगदान रहेको छ । उनकै पलहमा नेपालमा तीनपटक राष्ट्रिय स्की च्याम्पियनसिप आयोजना भइसकेको छ भने नेपालले वेन्टर ओलम्पिकमा समेत प्रतिस्पर्धा गर्दै आएका छ ।नेपाल स्की संघका उपाध्यक्ष राजा शाक्य, महासचिव विजय श्रेष्ठ, कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव वसन्त राज केसीलगायतले मन्त्री श्रेष्ठलाई बधाई दिएका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले स्की खेलको विकासका लागि संघसख्ग छलफल गरेर अगाडि बढ्ने बताएको महासचिव श्रेष्ठले बताए ।

गत सोमबार पदबहाली गरेसख्गै उनी सक्रिय भएका छन् । उनले मंगलबारदेखि नै आफ्नो मन्त्रालय मातहतमा रहेको विभाग, निकायहरूसख्ग छलफल गर्न थालेका छन् । उनले भनेका छन्, ‘हामीसख्ग धेरै समय छैन तर धेरै काम गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्