बालुवाटारको सुनौलो परिवार भवनमा आगलागी


काठमाडौं ।

काठमाडौंको बालुवाटारस्थित एक भवनमा आगलागी भएको छ । बालुवाटारस्थित आज बिहान करिब ६ बजे सुनौलो परिवार कार्यालयको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ । सुनौलो परिवार कार्यालयको भवनमा लागेको आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर सडकमै रहेका  प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।