सशस्त्रका खेलाडी समानित



????????????????????????????????????

काठमाडौं  ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लबका पदक विजेता खेलाडीलाई सम्मान गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीलाई हार्दिक बधाई दिनुहुँदै खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी संगठनमा आबद्ध खेलाडीको मनोबल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरू समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताए ।

नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा यही असार १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीहरूले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्