माल्कम क्रिस्टल प्यालेसमा



एजेन्सी  ।

इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले युवा फरवार्ड माल्कम ईबीओईलाई अनुबन्ध गरेको छ ।क्रिस्टलले च्याम्पियनसिप क्लब डर्बी काउन्टीबाट माल्कमलाई अनुबन्ध गरेको हो ।१८ वर्षीय फरवार्डले क्रिस्टलसँग ५ वर्षको सम्झौता गरेका छन् । उनी जुलाई १ बाट क्रिस्टलको टोलीमा सामेल हुनेछन् ।गत सिजन सिनियर टोलीमा डेब्यु गरेका उनले च्याम्पियनसिपको १६ खेलमा १ गोल गरेका छन् । माल्कमले इंग्ल्यान्डको यू–१६ टोलीबाट खेलिसकेका छन् ।

त्यस्तै, इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक अल्फोन्स एरोलालाई अनुबन्ध गर्न सहमत भएको छ । गत सिजन लोनमै वेस्ट ह्याममा रहेका गोलरक्षक एरोलालाई क्लबले ११ मिलियन पाउन्डमा क्लबमै राख्न सहमत भएको हो । प्रिमियर लिगमा एक खेलमा मात्रै मौका पाएका उनले युरोपा लिगमा वेस्टह्यामले सेमिफाइनलको यात्रा तय गर्दा उनले उच्च प्रदर्शन गरेका थिए ।

२९ वर्षीय एरोलाले यस समरमा पिएसजी छोड्ने तयारी गर्दा युरोपका उत्कृष्ट क्लबहरुले उनलाई चासो देखाएका थिए । वेस्ट ह्यामले उत्कृष्ट गोलरक्षकको रुपमा एरोला पाएको छ । पीएसजीकै उत्पादन एरोला २००९ देखि सिनियर टोलीमा रहेपनि उनले वेस्टह्यामसँगै लेन्स, बास्टिया, भिल्ला रियल, रियल मेड्रिड र फुलह्यामबाट लोनमा खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्