काठमाडाैँकाे कल सेन्टरबाट अमेरिकामा ठगी गर्ने १३ जना पक्राउ


काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौँबाट कल सेन्टर सञ्चालन गरी अमेरिकामा ठगी गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई काठमाडौँको सामाखुशीमा रहेको अर्बिट नेक्सस प्रालि नामक कल सेन्टरबाट पक्राउ गरिएको हो ।उनीहरूमाथि अमेरिकामा बस्नेहरूलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोप छ । पक्राउ पर्नेहरूमा २ जना भारतीय र ११ जना नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए । पक्राउ पर्नेमा निशान गैरे, मनिष तिवारी, विजय श्रेष्ठसहित ८ जना पुरुष र ५ जना महिला रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।