नेपाली युवा पौडीबाज लामाकाे राष्ट्रिय कीर्तिमानी


काठमाडौं । नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।

डुआनाले निर्धारित दूरी १ मिनेट १७.५८ सेकेण्डमा पूरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १ मिनेट १७.८८ सेकेण्डको कीर्तिमान भङ्ग गरिन् ।

प्रतियोगितामा नेपालको तर्फबाट डुआनासँगै नासिर हुसैनको सहभागिता थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।