रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


रुपन्देही ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा गएराती मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार भारतिय नागरिक ३० वर्षीय उज्जल सिंह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज अफ साईन्स भैरहवामा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय सिराज अहमद मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ । भारतिय नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।