प्रधानमन्त्रीलाई कोभिड पोजेटिभ



एजेन्सी ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोलाई कोभिड पोजेटिभ भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रडोले बताएका छन् ।

प्रधानमन्त्रीले कोभिड खोप लगाइसकेका छन् । प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेको जनाएका छन् । उनले कोभिड खोप नलगाएकाहरूलाई पनि खोप लगाउन आह्वान गरेका छन् ।

‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ । म सार्वजनिक स्वास्थ्य दिशानिर्देशन पालना गर्दैछु र अलग्गै बस्नेछु । खोप लगाइसकेकाले मेरो अवस्था सामान्य छ ।

तपाईहरूले कोभिड खोप नलगाएको भए लगाउनुहोस । बुस्टर डोज लगाउनुहोस’, ट्रडोले एउटा ट्वीटमा भनेका छन् । ट्रडोलाई यसअघि जनवरीमा कोभिड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्