सोनिया गान्धी अस्पताल भर्ना



New Delhi: Congress President Sonia Gandhi in the Lok Sabha in New Delhi on Tuesday. PTI Photo / TV GRAB(PTI3_17_2015_000050B)

कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस पार्टी अध्यक्षा सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ ।

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर छ ।

निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भनेका छन् । सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ  देखिएकाे थियो ।

कोभिड संक्रमण देखिएपछि उनी आफ्नै निवासमा आइसोलेसनमा रहेकी थिइन् । उनी चिकित्सकको निरन्तर निगरानीमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्