सहदेवले अमेरिकामा रजत जिते



काठमाडौं । 

अमेरिकाको मिचिगानमा सम्पन्न १३ औं अन्तर्राष्ट्रिय खुला मित्रता तेक्वान्दो प्रतियोगितामा सहदेव श्रेष्ठले रजत पदक जितेका छन् ।

नेपालबाट सहभागि भएका सहदेवले व्यक्तिगत खर्चमा प्रतियोगितामा भाग लिएका हुन् । मिचिगन विश्वविद्यालयमा भएको प्रतियोगितामा विश्वका ८ देश र अमेरिकाका ११ राज्यको तेक्वान्दो टोलीले भाग लिएका थिए ।

आईओएफटीसीमा सहदेवको लामो करियर रहेको छ । २२ वर्षअघि काठमाडौंमा आयोजना भएको प्रतियोगिता २००० मा पहिलो पटक उनले खेल्ने अवसर पाएका थिए ।

तत्कालीन युवराज दीपेन्द्र शाहबाट रजत पदक पाएका उनले रोजसिटी ओरेगन पोर्टल्यान्डमा भएको ११ औं संस्करणमा पनि पदक जितेका थिए । सहदेवले उक्त प्रतियोगितामा पुम्सेतर्फ कांस्य पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्