थाइल्याण्डमा गाँजा बिक्री खुल्ला



बैकक ।

थाई सरकारले गाँजा बिक्री वितरणलाई बैधानिकता प्रदान गरेको छ । एशियाली मुलुक थाइल्याण्डमा विश्वभरबाट ठुलो संख्यामा पर्यटक घुम्न आउने गरेका छन् ।

थाइल्याण्डमा लामो समयदेखि गाँजालाई बैधानिकता दिने कि नदिने भन्ने बारेमा बहश पछि थाइ सरकारले आउदो जुन ९ देखि लागू हुने गरी गाँजाको सेवन तथा विक्री विरणका लागि खुल्ला गर्ने निर्णय गरेको छ ।

सरकारले हरेक बर्ष १० लाख गाँजाका बोट जनतालाई वितरण गर्ने घोषणा गरेको छ । थाइ स्वास्थ्य मन्त्री अनुतिन चर्नवीरकुलले गाँजा बिक्रीका लागि लाइसेन्स वितरण गर्ने काम भइरहेको र सेवनकर्ताहरुको बारेमा समेत उनीहरुको अवस्था हेरेर सरकारले निर्णय लिने उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले समेत दीर्घ रोगीकालागि गाँजा सेवन हानिकारक नरहेको र यसले कतिपय विरामीलाई औषधीको समेत काम गरेको जनाएको छ । थाइ सरकारले त्यहां घुम्न आउने पर्यटकलाई समेत मात्रा तोकेर गाँजा बिक्री गर्ने र थाइल्याण्डलाई पर्यटकका लागि स्वर्ग बनाउने तयारीमा रहेको छ ।

थाइल्याण्ड लागू औषध सेवन र सेक्सकालागि चर्चित मुलुकको रुपमा लिने गरिएको छ । एशियामा थाइल्याण्ड गाँजा बिक्री तथा सेवन गर्न दिने पहिलो मुलुक भएको छ ।

प्रतिक्रिया दिनुहोस्