नेपालको राम्रो शुरुवातमा वर्षा बाधक



काठमाडौं ।

नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–२० अभ्यास खेल भारी वर्षाको कारण रद्द गरिएको छ । काठमाडौमा लगातार भारी वर्षा भएपछि खेल रोक्नुपरेको हो । त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको थियो । त्यहीबेला पानी परेपछि नेपालको राम्रो शुरुवातमा वर्षा बाधक बन्न पुग्यो ।

पहिलो खेलमा अर्धशतक प्रहार गरेका जिम्बावेका कड्जाई मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो ओपनर इनोसेन्ट कैयालाई फस्ट स्लिपमा कुशल भुर्तेलबाट शून्यमा क्याच गराएर राम्रो शुरुवात दिलाए ।यसपछि करण केसीको पाँचौं ओभरको दोस्रो बलमा तडिवानाशे मारुमानी दीपेन्द्र सिंह ऐरीद्वारा २१ रनमा क्याच आउट भए । उनले ११ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए । तीन टि २० अभ्यास खेलमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्