एकीकृत समाजवादीका ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित



काठमाडौं ।

माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)बाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । आज ( शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित एकीकृत समाजवादी र जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बताए ।

यही ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताएका हुन् ।

नेपालले आफ्नो पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको बताए । उनले भने, यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरु मध्ये हाम्रो पार्टीसँग जोडिएका, एकीकृत समाजवादीसँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरु निर्विरोध निर्वाचित भए ।

१ जना उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । २६ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयो । झण्डै ३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह त्यो बोक्ने पार्टी कीकृत समाजवादीको विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो । प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग ।’

उनले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताए । उनले गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्