विमानको शौचालयमा सुन लुकाएर तस्कर गर्न खोज्ने कर्मचारी पक्राउ



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम आले र सुपरभाइजर तारकान्त चौधरी छन् । तीनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।

एसएसपी ढकालका अनुसार उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए । तर चेकजाँचका क्रममा पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्