बागी उम्मेदवारी फिर्ताबारे पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं ।

पाँच दलीय गठबन्धन भित्रका उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता लिने समय अवधि सकिँदै गर्दा गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरपछि बैठक बस्ने भएको हो ।

बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने बताइएको छ । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्