बागीलाई उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित गर्ने कांग्रेसको चेतावनी



काठमाडौं

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारुद्ध बागी उम्मेदवार दिएकालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ ।

निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । उक्त समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलले बताए ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्