वडा तहमा पनि सहमतिको प्रयास जारी छ : माधव नेपाल

स्थानीय तह निर्वाचन



काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महानगर, उपमहानगर, नगर र गाउँपालिकामा पाँच दलीय गठबन्धन भएसँगै वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् । काठमाडौंमा आज (बिहीबार) आयोजित एक कार्यक्रममा बोल्दै उनले पालिकाको वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिएका हुन् ।

नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध रहेका दलका उम्मेदवारलाई पनि निर्वाचित गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उनले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताए ।

साथै नेपालले स्थानीय तहमा गठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्