बागी उम्मेदवार पौडेलको टसमसले पूर्वन्यायाधीशदेखि गृहमन्त्रीसमेत हायलकायल



चितवन ।

भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन पाँच दलीय सत्तारूढ गठबन्धनले गृहमन्त्रीदेखि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाईसमेत लगाएका छन् ।

पौडेलको निवासमै पुगेर गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी फिर्ता लिन दबाब दिएका छन् । त्यस्तै पूर्वप्रधानन्यायधीश गोपाल पराजुली लगायतले पौडेललाई बागी उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै आएका छन् ।

यद्यपि गृहमन्त्रीदेखि पूर्वप्रधानन्यायाधीश समेतले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि जग्गनाथ पौडेल टसमस नगरेको बताइएको छ । उनको टसमसले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने उनीहरु सबै हायकलकायल छन् । यद्यपि अहिलेसम्म पनि पौडेलले उम्मेदवारी फिर्ता लिने कुनै संकेत देखाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्