ईश्वरकुमार श्रेष्ठ सहायकरथीमा बढुवा



काठमाडौं ।

नेपाली सेनाका महासेनानी (फुल कर्णेल) ईश्वरकुमार श्रेष्ठ सहायकरथी .ब्रिगेडियर जर्नेलंमा बढुवा भएका छन् ।

सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआरएण्डआई)मा कार्यरत श्रेष्ठलाई १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

निर्देशनालयमा श्रब्यदृश्य महाशाखा प्रमुख रहेका उनी सञ्चारकर्मीमाझ पनि परिचित र लोकप्रिय छन् ।

सहायक रथीमा बढुवा भएका श्रेष्ठ १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवाश्री पदकबाट विभुषित हुन् ।

प्रतिक्रिया दिनुहोस्