आर्मीले जित्यो कबड्डी उपाधि



धनगढी । 

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ ।बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ ।

उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमीफाईनल पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले ४०-४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्