एपिएफ उपाधि नजिक



धनगढी । 

विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । टोलीलाई फाइनल पु-याउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् ।

आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काए ।एपिएफका लागि सरुले खेलको २३ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाईन् । त्यसको ११ मिनेटपछि सरुले नै व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाईन् ।

पहिलो हाफमा २–० ले अगाडी रहेको एपिएफले दोस्रो हाफमा गोल थप्यो । खेलको ७१ औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता तेब्बर बनाईन् । खेलको ८७औं मिनेटमा आर्मीका लागि सपनाले गोल गर्दै अग्रता घटाईन् । इन्जुरी समयमा आर्मीका लागि हेमाले अर्को गोल गर्दै गोल अन्तर घटाइन् ।

त्यसपछि गोल हुन नसकेपछि एपिएफ ३–२ को जित निकाल्दै फाईनलमा पुग्यो ।खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी एपिएफकी सरु लिम्बु प्लेयर अफ द म्याच भईन् । उनले नगद ५ हजार सहित ट्रफी पाईन् । वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिताअन्तर्गत विहीबार दोस्रो सेमिफाईनल खेल हुनेछ, जसमा आयोजक वनदेवी र नेपाल पुलिस क्लब खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्