बुटवलमा राष्ट्रिय ब्याडमिन्टनको तयारी



बुटवल ।

बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुधवारदेखि शुरु हुने दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । नवदीप कभर्ड हलमा हुने प्रतियोगिताको तयारी करिब करिब पँरा भएको क्लबका अध्यक्ष गोपाल टण्डनले जानकारी दिएका हुन् । प्रतियोगितामा भाग लिन आउने टिमहरूको दर्ता जारी रहेको छ । सोमबार सम्ममा १ सय ५० टिमले नाम दर्ता गराएको र २ सय टिम सहभागिता हुने निश्चित भएको अध्यक्ष टण्डनले बताए ।

वैशाख ७ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच विद्यामा खेलहरू खेलाइने छ । मेन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ वर्षमाथि, ५५ वर्षमाथि र महिला सिगलमा खेलहरू खेलाइनेछ । प्रतियोगिताको मेन्स सिङ्गल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार, द्घितीय ३० हजार र तृतीयका २० हजार रुपैयाँ रहेका छन् ।

यसैगरी, भेट्रान्स ४५ वर्ष माथि उमेर समँह र महिला सिङ्गलमा प्रथमलाई ३० हजार, द्वितीयलाई २० र तृतीयलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । ५५ वर्षमाथि उमेर समँहको प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ दिइनेछ । आयोजकको अनुसार प्रतियोगितामाा २० लाख ६० हजार खर्च अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्