सकियो ख्वप कलेजको साइकल यात्रा


भक्तपुर ।

हरेक महिना साइकल यात्रा आयोजना गर्ने सुझावका साथ ख्वप कलेजको नयाँ वर्ष साइकल यात्रा सकिएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा साइकल यात्राको आयोजना गरिएको थियो । यात्रामा कूल १३ जना सहभागिता थिए ।

पाँच जना विद्यार्थी र आठ जना प्राद्यापक यात्रामा भाग लिएका थिए । जसमा दुई जना छात्रा पनि सहभागी थिए । यात्रा शनिबार बिहान साढे ६ बजे ख्वप कलेजबाट सुरु भएको थियो । यात्रा कलेजबाट भक्तपुर नगर हुँदै टौमढी पुगेर सूर्यविनायक पुगेको थियो । सूर्यबिनायकबाट सिपाडोल, डोर्लाङ्, डोलेश्वर हुँदै सिपाडोलस्थित सिम्पानी रेस्टुरेन्टमा ब्रेकफास्ट लिएर समापन भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।