फेसेनेवल धावका फेलिक्सले संन्यास लिने



एजेन्सी  ।

दौडकी सबैभन्दा फेसेनेवल धाविका एलीसन फेलिक्सले यस सिजनको अन्त्यसम्म संन्यास लिने बताएकी छन् । ट्रयाक एन्ड फिल्डकी सफल धाविका फेलिक्सले अमेरिकाको लागि ११ ओलम्पिक पदक जितेकी छन्, यसमा ७ स्वर्ण पदक रहेका छन् । साथै, ३६ वर्षीया फेलिक्सले समग्रमा १३ विश्व उपाधि जितेकी छन् ।

यसै वर्ष फेलिक्सले टोक्यो ओलम्पिकमा भाग लिएकी हुन् । संन्यास लिने निर्णयमा पुगेकी उनको यो नै अन्तिम ओलम्पिक सहभागी पनि भएको छ ।

उनले बताइन्-मलाई बच्चाबेला कुखुराको खुट्टा भनेर बोलाउने गर्थे, यसो भने पनि मैले आफ्नो सपनालाई साकार बनाएकी छु । यसमा म धेरै खुसी पनि छु । यो खेलमा मैले धेरै पाएकी छु । यसले मेरो जीवनसमेत परिवर्तन गरिदिएको छ । अब मैले यो करियरको अन्त्य गर्नुपर्छ । मलाई सहयोग गरेका र समर्थकहरूलाई धन्यवाद पनि दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्