प्रिमियर लिग टिम भर्सेस ला लिगा टिम



एजेन्सी । 

युएफा च्याम्पियन्स लिगको जारी सिजन २०२१–२२ अन्तर्गत सेमिफाइनलमा दुई इंग्लिस प्रिमियर टिम र स्पेनी ला लिगा टिमले स्थान सुरक्षित गरेका छन् । प्रिमियर लिगतबाट म्यानचेस्टर सिटी र लिभरपुल तथा ला लिगाबाट रियल मेड्रिड र भिल्लारियल रहेका छन् । सेमिफाइनलमा लिभरपुल र भिल्लारियल तथा म्यानचेस्टर सिटी र रियल मेड्रिडबीच प्रतिस्पर्धा हुनेछन् ।

सेमिफाइनलको पहिलो लेग यही २६ अप्रिलमा र दोस्रो लेग ३ मेमा हुनेछ । फाइनल २८ मेमा हुनेछ ।मंगलबार राति ला लिगाको अंकतालिकामा सातौं स्थानमा रहेको भिल्लारियलले जर्मन बुन्डेसलिगाको महारथी टिम बायर्न म्युनिखलाई समग्रमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । स्पेनी टिम १६ वर्षपछि च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

यता, च्याम्पियन्स लिगको १३ पटकको च्याम्पियन रियल मेड्रिडले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई समग्रमा ५–४ ले पराजित गर्दै अन्तिम चारको यात्रा गर्न सफल भएको हो । पहिलो लेगमा ३–१ को आरामदायी स्थितिमा रहेपनि दोस्रो लेगमा घरेलु मैदानमा ३–२ ले पराजित भए पनि रियल अघिल्लो चरणमा पुग्न सफल भयो । चेल्सीले दोस्रो लेगमा पुनरागमन प्रयास गरेपनि सफल हुन सकेन ।

दोस्रो लेगमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३–३ गोलको बराबरीमा रोकेर समग्रमा ६–४ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । पहिलो लेगमा लिभरपुल ३–१ ले अघि रहेको थियो । एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीका लागि ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले दुई तथा इब्राहिमा कोनाटले एक गोल गरे । बेन्फिकाका गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गरे । पहिलो लेगमा हार भोगेको कारण बेन्फिका अघिल्लो चरण पुग्नबाट वञ्चित रह्यो ।

यस्तै इंग्लिस टिम म्यानचेस्टर सिटी दोस्रो लेगमा स्पेनिस टिम एट्लेटिको मेड्रिडसँग गोलरहित बराबरीमा रोकिए पनि पहिलो लेगको १–० को जितले अन्तिम चारमा पु¥याइएको थियो । निर्धारित ९० मिनेटपछि तनावपूर्ण बनेको खेलमा घरेलु टोली एट्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्