प्रिन्स र रसिला पीएम कपमा च्याम्पियन



काठमाडौं । 

दोस्रो प्रधानमन्त्री कप (पीएम कप) रेन्किङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रसिला महर्जनले जितेका छन् ।
बिहीबार भएको पुरूष एकलतर्फको फाइनल खेलमा रिभाइभ लिजर पार्कका प्रिन्सले त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई २१–१७, २१–१० ले हराएका हुन् । महिला एकलतर्फ फाइनल खेलमा आर्मीकी रशिलाले आर्मीकै खेलाडी अनुमाया राईलाई २१–१२, २१–१८ ले पराजित गरेकी हुन् ।

यसैगरी, प्रिन्सले पुरुष युगल उपाधि पनि जितेका छन् । उनले नवीनसँग जोडी बनाएर खेल्दै फाइनलमा आर्मीका सरोज महर्जन र प्रवीण लिङथेबलको जोडीलाई तीन सेटमा हराएका थिए । पहिलो सेट सरोज र प्रवीणको जोडीले २१–१८ ले जितेर राम्रो शुरूवात गरेको थियो । तर, यसपछि प्रिन्स र नवीनले लगातार सेट क्रमशः २१–९, २१–१८ ले जितेर उपाधि हात पारे ।

प्रतियोगिताअन्तर्गत यु १५ पुरूष एकलतर्फको उपाधि सिल्क ग्रुपका कबिर केसीले जिते। उनले फाइनलमा एनआरएन साहिल चन्दलाई २१–१९, २१–१७ ले हराएका थिए । यु १९ तर्फ आर्मीका सन्तोष पनेरूले सिल्क गु्रपका नरेन्द्र बमलाई २१–१२, १९–२१, २१–१७ को तीन सेटमा पराजित गरेर उपाधि जितेका थिए ।महिला एकल यु १९ तर्फको फाइनल खेलमा आर्मीकी प्रार्थना देउवाले आर्मीकै रोज पाण्डेलाई हराएर उपाधि जितिन् । महिला एकल यु १५ तर्फ भने रोजले उपाधि जित्न सफल भइन् । उनले बीबीएकी रोजी राईलाई हराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्