नुवाकोटे टाइगर बने हेविवेट च्याम्पियन



काठमाडौं । 

दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । बिहीबार नुवाकोटको गुप्तेश्वरमा भएको हेविवेटमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पियन बनेका हुन् ।

डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुन् । जितसँगै नुवाकोटे टाइगरले नगद ८५ हजार प्रप्त गरेका छन् । त्यस्तै, त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बनेका छन् । उनले नगद ४५ प्राप्त गरे ।
महिलातर्फको उपाधि टनुले जितेकी छन् ।

उनले आकृतिलाई हराएकी थिइन् । उनले ४० नगद प्राप्त गरिन् । ट्याक टिम म्याच सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले पराजित गरे । स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार प्राप्त गरे ।
उनीहरूलाई शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव सुवर्ण श्रेष्ठले पुरस्कार प्रदान गरे । त्यसअघि, प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री प्रकाशरण महतले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्