क्लाइस्टर्सद्वारा तेस्रोपटक संन्यास



लन्डन ।

चर्चित महिलाटेनिस खेलाडी किम क्लाइस्टर्सले तेस्रो पटक संन्यासको घोषणा गरेकी छन् । बेल्जियन खेलाडी क्लाइस्टर्सले पहिलोपटक सन् २००७मा टेनिसबाट संन्यास लिएकी थिइन् । यसपछि उनी सन् २००९ माकोर्टमा फर्केकी थिइन् र तीन ग्रान्डस्लाम उपाधि जित्न पनि सफल भएकी थिइन् । उनले दोस्रोपटक सन् २०१२ मा संन्यास लिएकी थिइन् ।

क्लाइस्टर्स सन् २०१९ मा फेरि कोर्टमा फर्किन् तर, उनले केवल ५ खेल खेलेकी थिइन् । उनी टेनिसमा फर्कनु र कोभिड १९ शुरू हुनु एकैपटक भएपछि उनको लागि अर्को संन्यासको विकल्प हुन पुगेको हो ।क्लाइस्टर्सले ४१ डब्ल्यूटीए उपाधिजितेकी थिइन् । उनी विश्व वरीयतामा २० साता शीर्ष स्थानमा समेत रहेकी थिइन् । उनले ग्रान्डस्लाममा दुई डबल्स उपाधि पनि जितेकी थिइन् । उनले यूएस ओपन तीन पटक र अस्टे«लियन ओपन एक पटक जितेकी थिइन् ।

क्लाइस्टर्स हाल ३८ वर्षकी भएकी छन् । उनले उमेर बढ्दै जाँदा खेल्न क्षमता नभएको र शारीरिक रूपमा कमजोर भएको पनि बताएकी थिइन् । दुई सन्तानकी आमा उनले गत वर्ष अक्टोबरमा अन्तिम आधिकारिक खेल खेलेकी थिइन् । इन्डियन वेल्सको पहिलो चरणमा उनको अन्तिम खेलमा काटेरिना सिनीयाकोभासँग भेट भएको थियो र यो खेल उनले हारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्