बायर्न म्युनिख च्याम्पियन्स लिगबाट बाहिरियो



एजेन्सी । 

बायर्न म्युनिख यूएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट नै बाहिरिएको छ । घरेलु मैदानमा भएको अन्तिम आठको दोस्रो लेगमा स्पेनिस टोली भिल्ला रियलसँग१–१ को बराबरीमा रोकिएपछि ६ पटकको विजेता बायर्न प्रतियोगिताबाट बाहिरियो । भिल्लारियल समग्रमा २–१ को अग्रता सहित अन्तिम चारमा पुगेको छ । पहिलो लेगमा भिल्ला रियलले बायर्नलाई १–० ले हराएको थियो ।

सामु चुक्वेजेले खेल सकिन २ मिने बाँकी रहँदा बराबरी गोल गरेपछि भिल्लारियलको अन्तिम चारको यात्रा निश्चित भएको थियो । ५१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा बायर्नले घरेलु मैदानमा अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई जोगाउन नसक्दा बायर्नको च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्न सकेन ।भिल्लारियल १६ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ । सन् २००६ मा इटालि सिरी ए मा युभेन्ट्सलाई हराएर सेमिफाइनलमा पुगेको भिल्ला रियल आर्सनलसँग पराजित भएको थियो ।

रियल मेड्रिड अन्तिम चारमा

स्पेनी महारथी रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग टोली चेल्सीसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–२ ले पराजित भए पनि समग्रमा ५–४ को अग्रतामा रियल अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमाकरिम बेन्जेमाको ह्याट्रिकमा रियलले अवे खेलमा साविक विजेता समेत रहेको चेल्सीलाई ३–१ ले हराएको थियो । रियलको सेमिफाइनल यात्रामा फेरि एक पटक बेन्जेमा नायक बनेका छन् । समग्रमा ४–४ को बराबरीपछि थप समयमा बेन्जेमाले गोल गरेका थिए । थप समयको छैटौं मिनेटमा बेन्जेमाले हेडमार्फत गोल गरेका थिए । भिनिसियस जुनियरले उपलब्ध गराएको क्रस माउनले नजिकबाट हेड गोल गरेका थिए ।

एक समय प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको रियललाई रोड्रिगोले जीवनदान दिएका थिए । ३–० ले पछि परेको अवस्थाबाट रोड्रिगोले ८० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । लुकामोड्रिचको पासमा परिवर्तित रोड्रिगोले गोल गरेका थिए । मासन माउन्टको गोलबाट चेल्सीले १५ औं मिनेटमा खेलमा अग्रता लिएको थियो ।

५१ औं मिनेटमा एन्टोनियो रूडिगरको हेडगोलमा चेल्सीले अग्रतालाई दोब्बर बनाएको थियो । त्यो गोलले चेल्सीले खेलमा गोल औसतमा ३–३ को बराबरी गरेको थियो । टिमो वार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीले अन्तिम चारमा पुर्याउने सम्भावना बलियो बनाएका थिए । तर, ८० औं मिनेटमा खेललाई रोड्रिगोले रियलका लागि गोल गरेपछि खेलले नाटकिय मोड लिएको थियो । उनको गोलबाट खेल थप समयमा धकेलिएको थियो । जहाँ फेरि एकपटक बेन्जेमाचम्केका छन् र टोलीलाई सेमिफाइनल पु¥याउन सफलभएका छन् । गतसिजन चेल्सीले सेमिफाइनलमा रियललाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्