व्यायाम मन्दिरका सन्दीप र निर्मलाप्रथम



काठमाडौं ।

नेपाल व्यायाम मन्दिरले आन्तरिक रूपमा हरेक नयाँ वर्षको अवसरमा प्रथम मिस्टर नेपाल स्व.नीलकण्ठ नारायण मानन्धरको स्मृतिमा आयोजना गर्दै आइरहेको पावर लिफ्टिंग प्रतियोगिताको पाँचौं संस्करणमा पुरुषतर्फ सन्दीप केसी र महिलातर्फ निर्मला पुजारीले प्रथम स्थानहासिलगरेका छन् ।

नव वर्ष २०७९ को अवसरमा बुधबार शुभकामना आदान–प्रदान कार्यक्रममा गरिएको उक्त प्रतियोगितामा प्रथम हुने केसीले १० हजार र पुजारीले ७ हजार नगद पुरस्कारसमेत प्राप्त गरेको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले बताउनुभयो । पुरुषतर्फ केसीले कुल ४ सय ६० केजी र महिलातर्फ पुजारीले कुल २ सय ६० केजी भार बहन गर्दै प्रथम स्थान हासिल गर्न सफल भए ।

त्यस्तै, पुरूषतर्फ दोस्रो हुने रुद्रेन्द्र नारायण श्रेष्ठले कुल ४ सय ५५ र तेस्रो हुने अब्दुल समद (रकी) ले ३ सय ८५ केजी भार बहन गरेका थिए । दोस्रो हुने श्रेष्ठ र तेस्रो हुने समदले क्रमशः७ हजार र ५ हजार नगद पुरस्कार हात पारे । त्यसैगरी, महिलातर्फ दोस्रो हुने सदिक्षा शाहले कुल २ सय २५ केजी र तेस्रो हुने अस्मिता ख्वांउजूले कुल २ सय ५ केजीभार बहन गरेका थिए ।

दोस्रो र तेस्रो हुने शाह र ख्वांउजूले क्रमशः ५ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरिन् । नेपाल व्यायाम मन्दिरले हरेक वर्ष नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गरी जिममा आबद्ध खेलाडीहरूबीच पावर लिफ्टिंग प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्