नवौं राष्ट्रिय खेलकुद जेठमा हुने



काठमाडौं ।

नवौं राष्ट्रिय खेलकुदअर्को वर्ष जेठमा आयोजना हुने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद आगामी वर्ष जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

मन्त्री गहतराजको अनुसार उक्त राष्ट्रिय खेलकुद आगामी एसियाली खेलकुदको अन्तिम छनोटका रूपमा रहनेछ । ।एसियाली खेलकुद २०७९ भदौ २५ गतेदेखि असोज ९ गते सम्म चीनको हान्झाउमा हुने तय भइसकेको छ । आठौं राष्ट्रिय खेलकुद लुम्बिनीमा २०७५-७६ माभएको थियो ।

कारोना महामारीका कारण यो वर्ष नवौं राष्ट्रिय खेलकुद पटक–पटक सर्दै आएको थियो । हरेक दुई वर्षमाआयोजनागर्ने लक्ष्यसहित २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद आयोजना भएको थियो । तर, डेढ दशक सम्म पनि राष्ट्रिय खेलकुद रोकिएको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्