विजेता टिमका क्रिकेटरलाई जनही २ लाख



काठमाडौं । 

गत साता नेपालमै सम्पन्नत्रिकोणात्मक टि २० आई सिरिजमाविजेता नेपालीक्रिकेट टिमका खेलाडीले जनही २ लाख पुरस्कार पाउने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । निर्णयअनुसार १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य पदाधिकारीले जनही १ लाख रूपैयाँ प्राप्त गर्नेछन् । नेपालले फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै उपाधि जितेको थियो ।

नेपालले अपराजित रहँदै उपाधि जितेको थियो । फाइनलमा १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा १ सय १८ रनले पराजित भएको थियो । लिगमा नेपालले पीएनजीलाई पहिलो टि २० आई खेलमा १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८५ रनले हराएको थियो ।

नेपालले गतवर्ष पनि वैशाखमा घरेलु मैदान टियु मै मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि २० आई सिरिजको उपाधि जितेको थियो । सरकारले पुरस्कार भने दिएको थिएन । त्यसै समयमा थ्रि नेसन फुटबल टोलीलाई भने सरकारले जनही पाँच लाख रूपैयाँ प्रदान गरेको थियो । त्यसैले, सरकारको केही आलोचना पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्