बालकुमारीद्वारा ब्याडमिन्टन आयोजना 



 काठमाडौं

श्री बालुमारी श्रृजना क्लबले दोस्रो खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि भएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा प्रकाशबहादुर जोशी र राजेश शाक्य, सुवास बानिया र ज्ञानेन्द्र केसी, ओमकार गुरुङ र कमल तामाङ, भुवन रायमाझी र महेन्द्र हमाल र राजेश बज्राचार्य र सुमन खड्काको जोडी विजयी भएको थियो ।

क्लबका अनुसार प्रत्येक दिन ५ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ । यही चैत३० गतेसम्म सम्पन्न हुने प्रतियोगिता नक आउटको आधारमा हुने क्लबका अध्यक्ष दीपक थापा मगरले जानकारी दिनुभयो ।

प्रतियोगिताको क्लबका सल्लाहकार दामोदर खड्का, पूर्वअध्यक्ष एवं सल्लाहकार शालिकराम कुँवर, सैंबु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष एवं क्लबका सल्लाहकार नवराज कुँबर र सल्लाहकार ईश्वरराज ढकालले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

कोरोना भाइरस संक्रमणको कारण स्थगित प्रतियोगिता आगामी वर्षमा निरन्तर आयोजना अध्यक्ष थापामगरको भनाइ छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः २५ हजार, १५ हजार र ५ हजार रुपियाँ नगद र मेडल र ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्