हेटौंडाका कृष्ण थापाको अग्रता



काठमाडाैं । 

नेपाल बुद्धिचाल संघका पूर्व सहअध्यक्षसान्तेषमान सिं प्रधानस्मृतिखुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको तेश्रोदिनछैटौं र सातौं चरण खेल सम्पन्नभयो । जसमाएसियन एमेच्योर च्याम्प्यिन हेटौडाका कृष्ण थापा साढे ६ अंकका साथएकलअग्रतालिएका छन् । कृष्णले छैटौं खेलमा फिडेमास्टर मनीषहमालमाथि कठिन खेलमाजितहातपारे भने सातौं चरणमा थापाथली चेस पार्कका युवा खेलाडी सुशील चौधरीलाई निकै प्रतिस्पर्धात्मक खेलमा हराए ।

ललितपुर स्पोर्टस क्लबद्धाराआयोजितप्रतियोगितामा फिडेमास्टरद्धय क्षितिज भण्डारी र रुपेश जैसवाल समान ६ अंकका साथ संयुक्तरूपमा दोश्रो स्थानमा रहेका छन् । रुपेशले छैटौंमाललितपुरका रत्नव्यन्जनकारलाई माथ गरे भने सातौंमाआयोजकक्लबका सजिनमहर्जनलाई सडेन डेथ टाइब्रेकमा हराए । त्यस्तै क्षितिजले पनि सातौंमा दमक झापाका राजन सुवेदीलाई टाइब्रेकमा हराएभने छैटौंमाताप्लेजुङ्गका हरि सुब्बालाई माथ गरेका थिए ।

स्वीस लिगअनुसार ९ चरणको खेल हुने प्रतियोगितामा सजिन, मनीष, कपनका सुदीपतामाङ्ग र लुभु ललितपुरका सुरोज महर्जनले समान साढे ५ अंकसहित तेश्रो स्थानमा रहेका छन् । उपाधिका लागि रोचकमोडमा पुगेको प्रतियोगिताको सोमबार आठौं चरण र फाइनल चरणको खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्