रियलको सहज जित



एजेन्सी ।

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मेड्रिडले सहज जित निकालेको छ ।रियलले घरेलु मैदानमा गेटाफेलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।
सान्टियागो बर्नबेउमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३८औं मिनेटमा ब्राजिली मिडफिल्डर क्यासमिरोको गोलबाट रियलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले अर्का ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ६८औं मिनेटमा स्पेनिस मिडफिल्डर लुकास भास्क्वेजले गोल गर्दै रियलको जित पक्का गरे । भास्क्वेजले रोड्रिगोको पासलाई सदुपयोग गरेका थिए । यो जितसँगै रियलको ३१ खेलबाट७२ अंक पुगेको छ । पराजित गेटाफे भने ३२ अंक रहेको छ ।

ला लिगाकै अर्काे खेलमा एट्लेटिको म्याड्रिड रियल मलोर्कासँग १–० ले स्तब्ध बनेको छ । एट्लेटिकोलाई स्तब्ध पार्न दोस्रो हाफमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै मलोर्काको ३१ खेलबाट २९ अंक भएको छ । पराजित एट्लेटिको भने ३१ खेलबाट ५७ अंक छ । जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्