श्री बालकुमारी क्लबद्वारा खुला ब्याड्मिन्टन प्रतियोगितामा आयोजना



काठमाडौं । 

श्री बालकुमारी श्रृजना क्लबले दोस्रो खुला ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरेको छ । आज आइतबारदेखि आयोजना भएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ । आज उद्घाटन खेलमा प्रकाशबहादुर जोशी र राजेश शाक्य, सुवास बानिया र ज्ञानेन्द्र केसी, ओमकार गुरुङ र कमल तामाङ, भुवन रायमाझी र महेन्द्र हमाल र राजेश बज्राचार्य र  सुमन खड्गीको टिम विजयी भएको छ।

क्लबका अनुसार  प्रत्येक दिन ५ वटा टिमबिच प्रतिस्पर्धा हुनेछ । यही ३० गते सम्म जारी रहने प्रतियोगिता नकआउटको आधारमा हुने क्लबका अध्यक्ष दीपक थापा मगरले जानकारी दिनुभयो ।  प्रतियोगिताको क्लबका सल्लाहकार दामोदर खड्का, पुर्व अध्यक्ष एवं सल्लाहकार शालिकराम कुँबर , सैबु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष एवं क्लबका सल्लाहकार नवराज कुँबर र सल्लाहकार ईश्वरराज ढकालले संयुक्त रूपमा  उद्घाटन गर्नुभएको थियो ।

कोरोना भाइरस सङ्क्रमणको कारण स्थगित प्रतियोगिता आगामी वर्ष मा निरन्तर आयोजना हुने अध्यक्ष थापामगरको भनाई छ । प्रतियोगितामा प्रथम , दितिय र तृतिय हुने टीमलाई क्रमशः २५ हजार, १५ हजार र ५ हजार  रुपियाँ नगद, मेडल र ट्रफि प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्