विद्यार्थीलाई पढाइसँगै खेल पनि



काभ्रे  । 

जिल्लाका दुर्गम गाउको रूपमा परिचित बेथानचोक गाउँपालिका–६ भूदेउका विद्यार्थीहरू पढाइ सँगसँगै खेलकुदलाई पनि अघि बढाइरहेका छन् । स्थानीय स्वरस्वती माध्यामिक विद्यालयका ५० जना विद्यार्थीहरू पढाइ सँगसँगै खेलकुदको पनि अभ्यास गरिरहेका छन् ।

सरस्वती तेक्वान्दो डोजाङमार्फत विगत दुई वर्षदेखि विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आएका शिक्षक बाबुराम ढुंगेल भन्नुहुन्छ– ‘खेलकुलदे विद्यार्थीहरूलाई आत्मनिर्भर मात्र हैन थप अनुशासित बनाउन पनि सिकाउँछ । अझ राम्रो पक्ष त यहाँ छात्राहरू पनि खेलकुदको सिकाई गरिरहेका छन् । तेक्वान्दोका प्रमुख प्रशिक्षक ढुंगेलका अनुसार अहिले विद्यालय प्राङ्गणभित्र कभर्ड हल बनाएर विद्यार्थीहरूलाई प्रशिक्षण दिन थालिएको छ । यो डोजाङ्गमा अहिले १२ जना छात्राले तेक्वान्दोको प्रशिक्षण लिइरहेका छन् ।

पढाइसँगै खेलकुदको सिकाइमा लागेका विद्यार्थीहरूलाई काँग्रेस नेता भगवान् अधिकारीले सुगम समूहसँग सहकार्य गरी ५० जोर ड्रेस उपलब्ध गराइदिनुभएको छ । घरघरका विद्यार्थीहरूलाई खेलकुदमा सिकाइ गर्न केही मद्दत मिलोस् भन्ने उद्देश्यले ड्रेस उपलब्ध गराएको भन्दै अधिकारी भन्नुहुन्छ– ‘विद्यालयमा दिइएको खेलकुद प्रशिक्षणले भविश्यमा खेल क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीहरूलाई बाटो खुल्ने बताउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्