नेपालमा विश्व टेबलटेनिस दिवस मनाइयो



काठमाडौं । 

अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउन्डेसन, जर्मनी द्वारा नियुक्त आधिकारिक प्रमोटर नरेश रावलले नेपालमा ‘विश्व टेबल टेनिस दिवस २०२२’ को कार्यक्रम आयोजना गरेका छन् ।

आई टी टी एफ लेवल २ अन्तर्राष्ट्रिय टेबल टेनिस कोच र अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका रावलले ‘पिङ पोङ कूटनीति’ मा आधारित एक हप्ताको कार्यक्रम डिजाइन र कार्यान्वयन गरे । रावलद्वारा सञ्चालित ‘स्ट्याग सरोज टेबल टेनिस फोर अल क्लब’को ब्यानरमा भएको उक्त कार्यक्रममा करिब १ सय टेबलटेनिस खेलाडीको सहभागिता रहेको थियो । सहभागीहरूलाई टेबलटेनिस ब्याट, टिसर्ट, बल आदिसमेत व्तिरण गरिएको थियो ।

बैट बल नियन्त्रण गतिविधि , स्ट्रोक खेल्ने दृश्य प्रदर्शन , मनोरञ्जनात्मक गतिविधि , जीउ सन्तुलन गतिविधिहरू कार्यक्रम जस्ता केह विशेषताहरू थिए .। कार्यक्रममा सहभागी खेलाडीहरूले आफ्नो विचार , कौशल र प्रतिभा साझा गरेर सिकेका थिए । कार्यक्रमको अन्तिम दिनमा सहभागी केटा र केटीहरूका लागि विभिन्न प्रतियोगिताहरू सम्पन्न भएको थिए । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले प्रतियोगितामा उत्कृष्ट हुनेलाई मेडल, शिल्ड, प्रमाणपत्र प्रदान गरेका थिए ।

यस वर्ष आई टी टी एफ फाउन्डेसन, जर्मनीले आधिकारिक प्रमोटका रूपमा विश्वभरिबाट मात्र २५ जना कोचहरूलाई छनोट गरेको थियो । आई टी टी एफ फाउन्डेसन, जर्मनीलाई यस प्रतिष्ठित र महतवपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न चयन गरेकोमा सबैले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्