कमला र मनीषाको जोडी बिच भलिबल विजेता



पाल्पा  । 

विभागीय टोली नेपाल पुलिस क्लबका कमला पुन र मनीषा चौधरीको जोडीले पहिलो सञ्जय स्मृति राष्ट्रियस्तरीय महिला बिच भलिबलको उपाधि जितेको छ ।

शनिबार पाल्पाको ऐतिहासिक रानीमहलमा भएको फाइनल खेलमा कमला र मनीषाले लुम्बिनी प्रदेशका सरस्वती कट्टेल र भावना डाँगीको जोडीलाई २–० को सीधा सेटमा हराएका हुन् । विजेता जोडीले पहिलो सेट २१–८ ले सहजै जित्यो भने दोस्रो सेट अलि प्रतिस्पर्धात्मक भएको थियो । उक्त सेट २१–१७ ले जितेको थियो ।

विजेता जोडी कमला र मनिषाले १ लाख नगद पुरस्कार प्राप्त गरे भने सरस्वती र भावनाले ५० हजार नगद हासिल गरेका थिए । यस्तै तेस्रो स्थानमा सुदूरपश्चिम प्रदेश रह्यो । सुदूरपश्चिमले शनिबार नै भएको खेलमा गण्डकी प्रदेशलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्