भृकुटीमण्डपमा भोलि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । एकदिने रेस्लिङ भृकुटीमण्डपमा हुने छ ।

रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्षसमेत रहेकी रेस्लर भगवती खड्का युनिकाले जानकारी दिइन् ।नेपालबाट भगवतीसहित नेपाली ब्रो कुमार थापा, कम्ब्याट किङ अभिराज सिंह, अस्मिता सुनार जुरेली, सपना माझी, सपना गोपाली, मनीषा रानाभाट, स्नेहा थापा मगरलगायलते प्रतिस्पर्धा गर्ने छन् ।

अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र अस्सासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराइन् । निर्णायक गुणराज रुचालले खेल सञ्चालन गर्ने छन् । प्रतियोगिता चैते दशैं तथा नयाँ वर्षको अवसरमा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्