एभीएमलाई दोहोरो स्वर्ण



काठमाडौं ।

आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११ औं पुर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज/गर्ल्स दुवैमा एभीएम पहिलो भएको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्पसदनलाई ३–० ले पराजित गर्यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो भए । केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा एभीएमले प्रभातलाई ३–० ले नै हरायो । सिर्जना ज्ञान सागर र प्रोक्सिमाले तेश्रो स्थानमा चित्त बुझाए ।

फरक क्षमता भएकातर्फ पुरुष बहिरा सिंगल्समा सुशान्त लामाले स्वर्ण, अनिल हमालले रजत तथा सुशिल गुरुङ र दावा शेर्पाले कांस्य जिते । प्रतियोगिताअन्तर्गत पुरुष/महिला खुला सिंगल्सको लिग चरणका खेलहरू शुरू भएका छन् । त्यस्तै, भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका खेलहरू पनि प्रारम्भ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्