सुरज र किसन पहिलो



काठमाडौं ।

दाङका सुरज ओली र रोल्पाका किसन घर्तीमगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । कैलालीको धनगढीमा भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजीमा सुरजले बा”केका धर्मवीर चिडीमार र ५७ केजीमा किसनले बाँकेका विनोद चौधरीलाई पराजित गर्दै पहिलो स्थान हात पारे ।

पुरुषकै ६३ केजी तौल समूहमा दाङका अनिल पुनमगरले फाइनलमा पूर्वी रुकुमका गौतम पुनमगरलाई पराजित गरे । पुरुषकै ६९ केजीमा दाङका विकास रानामगरले पाल्पाका असिम धिरेन श्रेष्ठलाई पराजित गर्दै काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि स्थान सुरक्षित गरे ।

पुरुषको ७५ केजीमा दाङका गणेश सुनार र ९१ केजीमा दाङकै केशर खत्रीले राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए ।

 

प्रतिक्रिया दिनुहोस्