दोश्रो समर स्लाम वैशाख १ मा



काठमाडौं ।

नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्ला कमिटीको आयोजनामा दोश्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने भएको छ । मौफसलमा पनि रिङ रेस्लिङबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता नुवाकोटको दुप्चेश्वर महादेव परिसरमा आयोजना गर्न लागिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

प्रतियोगितामा विभिन्न ५ विधामा प्रतिस्पर्धा हुनेछ । पाँचै स्पर्धामा नगद पुरस्कार राखिएको छ । हेभी वेट विजेताले ८५ हजार, हार्डकोर विजेताले ७५ हजार, ट्रिपल थ्रेट विजेताले ४५ हजार, ट्याग टिम विजेताले ६० हजार र लाइट वेट (महिला) विजेताले ४० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरमयान्स, किङ रोबर्डलगायतका रेस्लरले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । निर्णायक विकास खड्का र सिसम मैनी रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्